अल्ट्रा दौडमा ६ जना महिलाले प्रतिस्पर्धा गर्ने

अल्ट्रा दौडमा ६ जना महिलाले प्रतिस्पर्धा गर्ने


आगामी १६ नोभेम्बरदेखि हङकङमा आयोजना हुन गइरहेको अक्फाम ट्राइलवाल्कर रेसमा ६ जना नेपाली अल्ट्रा खेलाडीले सहभागिता जनाउने भएका छन् । विश्वका चर्चित अल्ट्रा खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले सय किलोमिटर र ५० किलोमिटरमा सहभागिता जनाउने बालाजु डो प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्लले जानकारी गराएका छन् ।

विश्व चर्चित अल्ट्रा धाविका मीरा राईको नेतृत्व रहने टोलीमा सय किलोमिटर रेसमा सुनमाया बुढा (जुम्ला), रसिला तामाङ (धादिङ), छेची शेर्पा, राई (सोलुखुम्बु) र छोकी शेर्पा (ओखलढुङ्गा)ले प्रतिस्पर्धा गर्नेछन । त्यस्तै ५० किलोमिटरतर्फ हुमी बुढा (प्युठान)ले प्रतिस्पर्धा गर्नेछिन् ।

उक्त दौडमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरूलाई कात्तिक २६ गते अध्यक्ष ध्रुवविक्रम मल्ल, उपाध्यक्ष बलराम मित्र, पृथीबहादुर श्रेष्ठ, सदस्य रामकुमार श्रेष्ठ, प्रिती खत्री र आशिष मिश्रले बिदाइ गरेका थिए ।