इपरमा यसरी गरियो प्रथम विश्वयुद्धको सम्झना

इपरमा यसरी गरियो प्रथम विश्वयुद्धको सम्झना


Dilli Ammai
बेल्जियम, ईपर

प्रथम विश्वयुद्धमा मारिएका पुर्खाहरुलाई सम्झिँदै बेल्जियमको इपरमा नोभेम्बर ११ का दिन विशेष श्रद्धाञ्जली शभा आयोजना गरियो। सोही दिवसमा त्यहाँ प्रत्येक वर्ष संसारभरका राज्यका औपचारिक निकायबाट शोक धुन र सैनिक सलामीमार्फत प्रथम विश्वयुद्धमा मारिएकाहरुको सम्मान गरिन्छ। मुख्य गरेर पाँच देशका औपचारिक सैनिक टुकडीमार्फत प्रथम विश्वयुद्धमा इपर वरपर मारिनेहरुका लागि सम्मानगारत अर्पण गरिने भएता पनि अहिले धेरै देशका नागरिक वा कुटनैतिक निकायका प्रमुखहरुको सहभागितामा ईपरको कार्यक्रम हुने गर्दछ।

त्यसमा अनौपचारिक रुपले तमु समाज नेपालले समेत ब्रिटिस गुर्खा आर्मीमा संलग्न भएर ज्यान गुमाएका पुर्खाहरुलाई प्रत्येक वर्ष सम्झने गरेको छ। जसको निरन्तरता यो वर्ष पनि देखियो।

सन् १९२५ मा, इतिहासविद एडमनले रेकर्ड गरेको डाटाअनुशार जम्माजम्मी ५०,०००–८५,००० फ्रान्स सैनिक, २१,५६२ बेल्जियमका सैनिक, ५५,३९६ बेलायती सैनिक र १३४,३१५ जर्मन सैनिकको मृत्यु भएको डाटामा उल्लेख छ ।

रेकर्डमा जेजति उल्लेख भएपनि वास्तविक तथ्याङ्क त्यो भन्दा धेरै हुन पनि सक्छ। जसको खोजी पछिसम्म हुँदै जानेछ।

त्यस्तै बेल्जियमको राजधानी ब्रुसेल्समा पनि दुई मिनेटको मौन धारण गरी श्रद्धाञ्जली कार्यक्रम भएका विवरणहरु प्राप्त भएका छन्। २०१८को सेप्टेम्बर ११ को दिन विश्वका ६६ भन्दा बढी देशका नेताहरु पेरिसमा आयोजित प्रथम विश्वयुद्धको शतवार्षिकी समारोहमा आफ्नो उपस्थिति जनाई श्रद्धाञ्जली दिएका छन् ।

लाखौँको ज्यान लिएको प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकी समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, रुसी राष्ट्रपित भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों सहित ६६ भन्दा बढि देशका नेताहरु पेरिसमा भेला भएका हुन् ।

भनिन्छ, प्रथम विश्वयुद्धमा तीस देशका ५० लाख मानिस लडेका थिए भने बालबच्चा सहित ९० लाख मानिस मारिएका थिए। अष्ट्रो–हंगेरी सामाज्यका राजकुमार आर्कड्युक फ्रान्ज फर्डिनान्डको सन् १९१४मा हत्या भएपछि बाल्कन क्षेत्रबाट सल्केको युद्धले पछि गैर बिश्व युद्धको रुप लिएको थियो ।
प्रथम विश्वयुद्धमा तीस देशका ५० लाख मानिस लडेको अनुमान गरिन्छ जसमा संसारभरका जम्माजम्मी १ करोड ६० लाख मानिस मारिएको इतिहाँसविदहरुको दाबी छ ।

युद्धका बेला एउटा राष्ट्रतर्फ जर्मनी, अष्ट्रिया–हंगेरी, बुल्गेरिया र ओटोमन साम्राज्य थिए भने ब्रिटेन, फ्रान्स, रुस, इटली, रोमानीया, जापान र अमेरिका अर्कोतर्फ थिए।

प्रथम विश्वयुद्धमा सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा जर्मनी र फ्रान्स थिए। यी दुवै मुलुकले १५ देखि ४९ वर्ष उमेरका झन्डै ८० प्रतिशत पुरुषलाई युद्धमा सहभागी गराएका थिए। जसमध्ये अधिकांश युद्धमा घाइते भए वा मारिए।

प्रथम विश्वयुद्धमा सबैभन्दा धेरै प्रभावित मुलुकहरुमा जर्मनी र फ्रान्स थिए। यी दुवै मुलुकले १५ देखि ४९ वर्ष उमेरका झन्डै ८० प्रतिशत पुरुषलाई युद्धमा सहभागी गराएका थिए।

प्रथम विश्वयुद्धमा जर्मनी, अष्ट्रिया–हंगेरी, रुस र टर्की लगायत विश्वका सक्तिशाली बादशाहहरु ढलेका थिए। त्यहि युद्धको बेला रुसमा लेनिनको नेतृत्वमा विश्वकै नयाँ समाजवादी राज्यसत्ताको जन्म भएको थियो।