मन्त्रिपरिषद्को निर्णय सामाजिक सञ्जालमा आलोचना

मन्त्रिपरिषद्को निर्णय सामाजिक सञ्जालमा आलोचना


मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए । क्याबिनेट निर्णय अझै व्यवस्थित किसिमबाट सार्वजनिक गरिने व्यवस्था मिलाउन लागिएको उनको भनाई छ ।