पूर्व श्री ५ को भाइटीका साइत विहान ९ : ५१ बजे

पूर्व श्री ५ को भाइटीका साइत विहान ९ : ५१ बजे


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा शाहीबाट भाइटीका ग्रहण गर्ने हुनुभएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको यसअघि नै सार्वजनिक गरेको छ । तर, पूर्व श्री ५ को टीकाको साइत विहान ९ : ५१ को रहेको बुझिएको छ ।

भाइटीका ग्रहण गर्न पूर्व श्री ५ शुक्रबार विहान पूर्वअधिराजकुमारी शोभा शाहीको कमलादीस्थित निवास पुग्नुहुने निर्मल निवास स्रोतले जनाएको छ ।