राष्ट्रपति ट्रम्पले गरे महान्यायाधिवक्ताको बर्खास्त

राष्ट्रपति ट्रम्पले गरे महान्यायाधिवक्ताको बर्खास्त


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेन्शसलाई बर्खास्त गरेका छन् । उनले यस बारेको घटना जानकारी आफ्नो ट्वीटरमार्फत दिएका छन् ।

सेन्शसलाई हटाएर ट्रम्पले आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिएका छन् । यसअघि सेन्शसले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए ।

ट्रम्पले ट्वीटरमार्फत् जेफ सेन्शसलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् । सेन्शसले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन् । सेन्शसले गत वर्ष अमेरिकी चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धानको लागि आफै पदबाट अलग भएको घोषणा गरेका थिए ।