दश बर्षमा १० उर्जामन्त्री, लक्ष्य महत्वकांक्षी उपलब्धी शुन्य

दश बर्षमा १० उर्जामन्त्री, लक्ष्य महत्वकांक्षी उपलब्धी शुन्य


–छविलाल बगाले
मुलुकमा २०६३ पछि दशक लामो आन्तरिक द्वन्द्व व्यवस्थापन भयो । यो सँगै औद्योगिक–व्यावसायिक गतिविधि बढ्न थाले । जनसंख्या वृद्धि र बस्ती विस्तारमा आएको तीव्रतासँगै देशमा विद्युत् माग पनि बढ्यो । तर, विद्युत् उत्पादनको शताब्दीसम्म पनि देशको माग धान्न सक्ने गरी देशमा विद्युत् उत्पादन हुन सकेन । संविधानसभाको पहिलो निर्बाचनसँगै मुलकमा १० जना उर्जामन्त्री बने तर विद्युत उत्पादन क्षमतामा भने सोचेअनुरुपको विकास हुन सकेन् ।

मुलुकमा लोडसेडिङमुक्त तिहार मनाउन लागिएको पनि तीन वर्ष भएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणको दावी छ । पहिलो संविधानसभाको निर्बाचन सम्पन्न भएपछि पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भयो । दाहालको नेतृत्वमा बनेको सरकारका जलस्रोत मन्त्री थिए विष्णु पौडेल । त्यसपछि उनीसँगै अन्य नौजना उर्जा मन्त्रालयमा मन्त्री बनेर प्रवेश गरे । २०६५ देखि अहिलेसम्म आइपुग्दा नेपाल अझैं विद्युतमा आत्मनिर्भर बन्न सकेको छैन् ।

१० बर्षमा को को भए त उर्जामन्त्री ?
–विष्णु पौडेल–२०६५
–प्रकाशशरण महत–२०६६
–गोकर्ण विष्ट–२०६७
–पोष्टबहादुर बोगटी–२०६८
–उमाकान्त झा– २०६९
–राधा ज्ञावली–२०७०
–टोपबहादुर रायमाझी–२०७२
–जर्नादन शर्मा– २०७३
–कमल थापा–२०७४
–बर्षमान पुन– २०७५

१० बर्षको अवधीमा १० जना मन्त्री मुलुकमा फेरिए । तर यो अवधीसम्म आइपुग्दा नेपालमा कुल १ हजार ७३ मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । काम गर्छु भन्दै आएका अधिकांश मन्त्रीहरुले खासै सफलता भने हात पार्न सकेनन् । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने सबै मन्त्रीहरु काम गर्नका लागि लक्ष्य बोकेर आएको तर विभिन्न कारणले काम गर्न असजिलो भएको बताउँछन् ।

त्यसो त २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको थियो । तर २०७५ सम्म आइपुग्दा मुलुकमा सरकारी आयोजनाबाट ५ सय ८ मेगावाट र निजी क्षेत्रबाट ५ सय १२ मेगावाट विद्युत उत्पादन भएको छ । उत्पादित विद्युतले अपुग भएपछि सरकारले भारतबाट ३ सय ५० मेगावाट विद्युत आयात गरिरहेको छ ।

कुन मन्त्रीले के काम गरे ?
–गोकर्ण विष्ट : विद्युत महशुल नतिर्ने ग्राहको लाइन कटौती
–जर्नादन शर्मा : लोडसेढिङको अन्त्य
–बर्षमान पुन : औद्योगिक क्षेत्रमा लोडसेढिङको अन्त्य

यता, २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले तीनवटा तिहारलाई झिलिमिलि बनाए । बर्षौंदेखि जकडिएको उर्जा क्षेत्रमा चुनौतीका चाङ भएपनि निर्देशक घिसिङले लोडसेडिङ हुन नदिने अठोट गर्दै आएका छन् । उनले सबैको प्रयासमा मुलुकको उर्जा क्षेत्रमा केही काम गर्न सकेको बताए ।

प्राधिकरणले मुख्यतया सञ्चालन, प्राविधिक, माग पक्ष र टिम वर्क मिलाउन सकेका कारण मुलुकबाट सदाका लागि लोडसेढिङको अन्त्य भएको दावी गर्छ । तर, मुलुकमा १० बर्षमा उत्पादन भएको विद्युत मुश्किलले ५ सय मेगावाट नाघेको छ । जुन लक्ष्यको निकै कम उत्पादन हो ।