उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान

उपसभामुख तुम्बाहाम्फे बेलायत प्रस्थान


उपसभामुख शिवमाया तुम्बाहाम्फे बेलायत प्रस्थान गरेका छन् । महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तराष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उहाँ त्यसतर्फ प्रस्थान गरेका हन् ।

उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ । उनले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवद्र्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम छ । ‘ब्रिटेन– नेपाल चेम्बर अफ कमर्स’सँगको सहकार्यमा कात्तिक २७ गते नेपाली दूतावासमा आयोजना हुने ‘नेपाल डेभलपमेन्ट कन्फरेन्स’मा पनि तुम्बाहाम्फे सहभागी हुनुहुने उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।