तीन सातापछि बुधवार पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा

तीन सातापछि बुधवार पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा


लामो समयसम्म बिरामी भई आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओली महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

लक्ष्मी जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गर्न लागेको साहित्यिक कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै कार्यक्रम बालुवाटारमै आयोजना गरिएको हो । बिरामी परेपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन् । तर चिकित्सकहरुले प्रधानमन्त्रीले धपेडी गर्न नहुने र आरामका आवश्यकता पर्ने जनाएका छन् ।