दुतावासद्वारा शुभकामना कार्यक्रम सम्पन्न

दुतावासद्वारा शुभकामना कार्यक्रम सम्पन्न


डिल्लीराम अम्माई, बेल्जियम

बेनेलक्सको नेपाली दुतावासद्वारा ब्रसेल्सको ‘नेपाली घर’मा अन्तरक्रियात्मक रुपमा विजयादशमी, तिहार, नेपाल सम्वत् र छठपर्बको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

शुभकामना मन्तव्यको क्रममा बेनेलक्सका राजदुत लोकबहादुर थापाले नेपाली समाज एक हुनुको विकल्प नभएको भन्दै मुलुकको आर्थिक समृद्धिको लागि सबै नेपाली जुटेर आफ्नो आम्दानीको केही प्रतिशत नेपालको च्यारिटीमा खर्च गरे पनि थप आम्दानीमार्फत संयुक्त रुपमा लगानी भित्र्याउने वातावरण बनाउन अब ढिला गर्न नहुने तर्क राखे ।

दशैँ, तिहार, छठ र लोसारको शुभकामना दिँदै उनले आफ्नो कार्यकालको दुई वर्षमा प्रयटन प्रवर्धन, लगानी र नेपालसँगको राज्यस्तरीय कुटनैतिक सम्बन्धमा नेपाली दुतावासमार्फत गरिएका प्रयास तथा उपलब्धिबारे राजदुतले छोटो समीक्षात्मक विवरण मौखिक रुपमा पस्किन भ्याए ।

नेपाली दुतावासका उपनियोग प्रमुख सुधीर भट्टराईद्वारा सञ्चालित शुभकामना कार्यक्रममा नेपालबाट आएका विशिष्ट पाहुनाहरु क्रमशः संघीय संसदका सांसद राजन केसी, लेखा समितिका सभापति भरतकुमार शाह, पूर्वसांसद रामजीप्रसाद शर्मा, प्रसिद्ध चित्रकार रागिनी उपाध्याय ग्रेलाले प्रवाशमा रगत र पसिना बगाएका नेपालीहरु आफ्नो शीप र क्षमतासहित फर्कने बेला हुन लागेकोु भन्दै विदेशिएका सबै नेपालीलाई सम्मानसहित राज्यले स्वागत गर्नुपर्ने बताइन् ।

एनआरएनको तर्फबाट बोल्दै गैगैरआवासीय नेपाली संघकी सचिव जानकी गुरुङले सबै आप्रवासी नेपाली र राज्यको सम्बन्धबारे आफ्नो मन्तब्य राखिन् । विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई संगठनको तर्फबाट दशैँ, तिहार, छठ र लोसारको शुभकामना उनले दिइन् ।

त्यस्तै एनआरएनए बेल्जियमका उपाध्यक्ष कमल पन्थीले पनि शुभकामना आदानप्रदानको औपचारिक कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राखेका थिए।