चन्द्रागिरि केवलकार भाइटीकाको दिनमा पनि खुल्ला रहने

चन्द्रागिरि केवलकार भाइटीकाको दिनमा पनि खुल्ला रहने


चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार लगायतका अन्य सेवाहरू तिहार विदाका सम्पूर्ण दिनमा सञ्चालनमा आउने भएको सो कम्पनीले जानकारी गराएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा सञ्चालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै सञ्चालनमा आउने जानकारी दिँदै सो कम्पनीले ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको दाबी गरेको छ ।