११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !


नेपालमा पछिल्लो ११ वर्षमा ९१ हजार सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परी २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०६४-६५ देखि १०७४-७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको समाचार नयाँ पत्रिका दैनिकमा छ। ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ।

औसतमा वर्षमा एक हजार ८०० भन्दा धेरैको ज्यान सवारी दुर्घटनाबाट मात्रै जान्छ। यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो। तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको छ।