देशैभरि चिसोको प्रकोप बढ्दो, बच्चाहरु चिसोबाट प्रभावित

देशैभरि चिसोको प्रकोप बढ्दो, बच्चाहरु चिसोबाट प्रभावित


– गोपाल दाहाल, झापा

‘सानो छ खेत, सानो छ बारी सानै छ जहान,
नगरी काम पुग्दैन खान साँझ र बिहान’ ।

महाकवि देवकोटाको यो कविताले आधारभूत नेपाली किसानहरुको आर्थिक तथा सामाजिक अवस्थाको राम्रो चित्रण गरेको छ। हाम्रो ग्रामीण भेगमा त्यो अवस्था विद्यमान छ। एउटा सानो भेगको किसानको भोगाइलाई उतार्दा थाहा हुन्छ कि देशका वास्तविक नागरिकहरुको अवस्था कस्तो छ।

इटहरी :

यो वर्ष बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन्। उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका छन् । चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन्। उनीहरु विभिन्न रोगको संक्रमणबाट ग्रस्त छन्। उनीहरुको सुरक्षाको दायित्व राज्यको हो। ति बालबच्चाहरुको अवस्थाबारे राज्यका सम्बन्धित निकायले तुरुन्त चासो राख्न जरुरी देखिएको छ।

इटहरी–३ मा मात्रै झन्डै ३० परिवार पालमुनि बसिरहेका छन् । अन्य ठाउँमा पनि एक दर्जन परिवार पालमुनि बसेका छन्। जहाँ उनीहरूको जीवन कष्टकर छ। त्यसमाथि पनि जाडो तथा पानी परेका बेला अझ धेरै समस्या छ। बच्चाहरू बिरामी भइरहने गरेको स्थानीय आमाहरुको गुनासो छ ।

बाँकी टिकुलीपुर :

बाँके टिकुलीपुरमा १०३ परिवार बाढीपीडित सामुदायिक वनमा बस्न बाध्य भएका छन् । चिसोको बढोत्तरी भएपछि यसको प्रत्यक्ष मारमा बाँकेका बाढीपीडित परेका छन् । अस्थायी टहराले शित छेक्न नसकेपछि सामुदायिक वनमा अस्थायी टहरा बनाएर बसेका बाढीपीडितका बालबालिका र वृद्धवृद्धामा निमोनिया, रुघाखोकी, ज्वरो, टाइफाइड जस्ता समस्या देखिएका छन् । राज्यका सम्बन्धित निकायको ती असहाय बाढीपीडितउपर तुरुन्त ती निरीह नेपालीको आवाज पुगोस् ।

बझाङ थलारा :

त्यस्तै बझाङ थलाराका वादी समुदायका अधिकांशको गुनासो यस्तै छ । ‘बर्खाको समय त जसातसोे काटियो, ज्यान जोगाइयो । घरभित्र पनि छातामा ओत लागेर छोरा छोरीलाई बचाइयो र आफू पनि बाँचियो । अब चिसो बढ्दै जान थाल्यो, ओड्ने ओछ्याउने केही पनी छैन ।’ राज्य ती हाम्रा नागरिक बचाउने दायित्व कसको हो ? सम्बन्धित निकायको तुरुन्त ध्यान पुगोस् ।

गोरखा भूम्लिचोक :

गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रो छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार त्यही खोरमा बस्छन् ।

साढे दुई वर्ष बित्यो । भूकम्पपीडितका टहरा अझै फेरिएन । फेरि पनि कठ्याङिग्रदो जाडोको सकज दोहो¥याउनु परेको छ ।

चिसो सुरु भएलगत्तै बालबालिकाहरुमा रुघाखोकी लाग्ने निमोनिया हुने समस्या देखिएको छ । चिसो ठाँउमा आफू जोगिने कि बालबच्चाहरुलाई जोगाउने ? अस्थायी टहरामा बस्दै आइरहेकी ओममाया तामाङ भन्छिन्, अझै सुत्केरी भएका महिला तथा वृद्धवृद्धाहरुलाई पिरोलेको छ ।

धादिङ तिप्लिङ सेर्तुङ र झार्लाङ :

भूकम्पपछि धादिङको उत्तरी क्षेत्र लापा तिप्लिङ सेर्तुङ र झार्लाङलगायतका ठाउँबाट सदरमुकाम आसपासका क्षेत्रमा अस्थायी टहरा बनाएर बसेका भूकम्प पीडीतहरु अझै गाउँ फर्किएका छैनन् । टहरामा घाम लाग्दैन, चिसोमा बस्न सकिँदैन ।’ ओममायाले भनिन्, ‘टहरामा चिसोले मरिन्छजस्तो छ, कहिले न्यानो घरमा बस्न पाइएला त खै !’

गैँडाकोट, भागर :

२००७ तिर तत्कालीन दुईजना शिक्षकलाई आर्थिक भ्रष्टाचारको मुद्धा लागेको थियो । अक्तियार अनुसन्धान विभागले भ्रष्टचारी ठहर्याई बिगो असुलउपर गराएपछि शिक्षा कार्यालयले पढाउने प्राइमरी विद्यालयको प्राप्त सुविधा कटौती गर्यो, जसको मारमा गैँडाकोट १४ मा अवस्थित शंखदेवी प्राइमरी सरकारी स्कुल पर्यो । अस्थिपन्जर मात्र बाँकी रहेको उक्त स्कुलमा पुस्तकालय, विद्यार्थी प्रयोगशाला, छात्रवृत्ति, खानेपानी ट्यांकी, पाइखाना, डेक्स बेञ्च, बोर्ड, टिनलगायतमा पाएको सुविधा हिनामिना गरीएपछि कानुनी अनुसन्धानमा शिक्षकद्वय दोषी ठहरिएका थिए।

गतसाल हिउँदको सितलहरको बेला त्यही स्कुलमा कक्षा १ मा पढ्ने भूमिका सारु, गोपेन्द्र सुनारी र टिकादेवी सारुले सीतलहर सहन नसकेर रगत बान्ता गरेको समाचार ब्यापक भएको थियो। कठ्यांग्रिँदो जाडोमा समेत एकसरो कपडा लाउन नसक्ने गरिबहरुको बस्तीका ती बालबच्चाउपर सम्बन्धित निकाय, जनप्रतिनिधिहरु र शिक्षासम्बन्धी निकायका पदाधिकारीहरुको ध्यान पुग्न नसक्नु अत्यान्त दुःखद कुरा हो । गतसालको घटना यो पटकपटक नदोहारियोस् ।