अष्ट्रेलियाको तासमनियामा सुगम र एक्स ब्याण्ड गुन्जने

अष्ट्रेलियाको तासमनियामा सुगम र एक्स ब्याण्ड गुन्जने


राजन घिमिरे, अष्ट्रेलिया

यतिबेलाका हट केक गायक हुन् सुगम पोखरेल । हरेक खालका गीत संगीतमा उत्तिकै दखल राख्ने लोकप्रिय गायक पोखरेलको यसपटकको तिहार प्रवासमै हुने भएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरमा गुन्जने क्रममा सुगम र युवापुस्ता माझ चर्चित बनेको सांगीतिक ब्याण्ड एक्स ब्याण्ड नोभेम्बर ९ तारेखका दिन अष्ट्रेलियाको तासमनिया होबार्डमा प्रस्तुत हुने भएको छ । यो कार्यक्रमको आयोजना लामो समयदेखि तासमनियामा बस्दै आएका ताज इभेन्टका छत्र थापाले गरेका हुन् । उनी त्यहाँ नेपाली गीत संगीत र चलचित्रलाई बिस्तार गर्ने मामिलामा अगाडि छन् ।

कार्यक्रममा सिड्नीमा रहेर गीत संगीत क्षेत्रमा लागिपरेकी गायिका अवन पाण्डेको पनि प्रस्तुति रहने छ । इशान एजुकेशन एण्ड माइग्रेसन सर्भिसको प्रस्तुति रहेको यो कार्यक्रनले तासमनियाका नेपालीहरूलाई भरपुर मनोरन्जन दिने कुरा आयोजकले बताए ।