स्कुल जाँदैगर्दा बेपत्ता भएकी मन्जिता मृत फेला

स्कुल जाँदैगर्दा बेपत्ता भएकी मन्जिता मृत फेला


Sagar Subedi, Austria

गत अक्टोबर १ का दिन स्कुल जान्छु भनेर हिँडेपछि परिवारको सम्पर्कमा नआएकी १५ वर्षीया बालिका मन्जिता केसी मृत अवस्थामा फेला परेकी छन् । अघिल्लो हप्ता अष्ट्रियन प्रहरीको खोज तथा उद्दार गर्ने विशेस टोलीले खोजी गर्दा साल्ज्बुर्ग सहरको मध्य भाग हुँदै बग्ने नदि साल्चाकमा बालिकाको शब भेटिएको थियो । तर, उक्त शव तीन हप्ता भन्दा बढी पानिभित्रै रहेकोले कसको हो भन्ने एकीन गर्न प्रहरीलार्इ गाह्रो थियो । तसर्थ, अष्ट्रियन प्रहरीले उक्त शव नै मन्जिताको हुन सक्ने सम्भावनाका आधारमा बाबुआमाको डीएनए परिक्षणको लागि लगेको थियो । उक्त परिक्षणपश्चात विशेष टोलीद्वारा भेटिएको शव नै बालिकाको भएको पुष्टि अष्ट्रियन प्रहरीले गरेको छ ।

हत्या या आत्महत्या भन्ने कुरामा अझै
अनुसन्धान गर्दै अष्ट्रियन अपराध नियन्त्रण प्रहरी

बालिका हराएपछि बालिकाका बाबुआमाले छोरी स्कुल जान भनेर हिँडेकी तर स्कुल पनि नपुगेकी अनि बेलुका घर पनि नफर्केकी तथा सम्पर्कमा नरहेको जानकारी स्थानीय प्रहरीमा गराएका थिए । अभिभावकको जानकारीपश्चात संघीय प्रहरी साल्ज्बुर्गले बालिकाको खोजिमा विभिन्न प्रविधि तथा बालिका जानसक्ने स्थान तथा सम्भावित अन्य घटनामाथि ध्यान दिँदै विभिन्न मेडिया तथा सार्वजनिक स्थल तथा सवारी साधनका स्टेसनहरु आमनागरिकका लागि जानकारी तथा युरो प्रहरी विशेस गरी जर्मन प्रहरीसंग सहकार्य गर्दै खोजी गरिरहेको थियो ।

यस विषयमा पटक-पटक घटना र विचारले नेपाली बालिका हराएको विषयलाइ चासो दिँदै प्रहरी प्रवक्तासंग जानकारी लिइरहेको थियो । घटना र विचारको पछिल्लो सम्पर्कमा संघीय प्रवक्ता भेरेना राइनारले भनेकी थिइन्, ‘हामीले प्रविधिको प्रयोग गरी बालिका हराउन सक्ने सम्भावित ठाउँहरु तथा कारणको बारेमा सुक्ष्म अनुसन्धान गरिरहेका थियौँ । बालिकालार्इ हामीले जिवितै भेटी या उद्दार गरेर परिवारको जिम्मा लागाउने छौँ भन्ने हामीलाई लागेको थियो । तर हरेक हाम्रा ती कोशिस ब्यर्थ जस्तै भएपछि हामीले बालिका सम्भावित हराएको भनिएको ठाउँबाट तालिमप्राप्त कुकुरको प्रयोग गरी खोजि गर्यौँ । तर फरक फरक कुकुरहरु प्रयोग गर्दा पनि कुकुरले यहाँको नदी साल्चाकमै पुग्ने तर त्यसपछि कुनै पनि सिग्नल नदिएको कारण हामीले हप्ता दिन पहिला उक्त नदिमा ३६ जना विशेष तालिमप्राप्त टिमद्वारा खोजी गर्यौँ र लगभग ६ घण्टा भन्दा बढीको प्रयासमा हामीले एक शव भेट्टायौँ । तर, सायद धेरै दिन पानीमा रहेकोले हुन सक्छ उक्त शव मन्जिताको नै हो भनेर एकीन गर्न सकिने अवस्था थिएन । तसर्थ हामीले बाबुआमाको डिएनए संकलन गरी उक्त डिएनएमार्फत नै पानिमा ढाडिएर फुलेको र एकीन गर्न नसकिएको उक्त शव बालिकाकै भएको पुष्टि गर्यौँ । जहाँसम्म कसरि मृत्यु भयो भन्ने सवाल छ, यसमा तत्काल कसैमाथि शंका गरिहाल्ने अवस्था नरहेको तर हाम्रो विशेष अपराध हेर्ने प्रहरीले यो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।’

बालिका मन्जिताको मृत शरीर अन्त्यष्टिका लागि परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

…अस्ट्रियामा नेपाली बालिका बेपत्ता
https://ghatanarabichar.com/121600