बेल्जियममा पुर्वेली समाजको प्रथम अधिवेशन सम्पन्न

बेल्जियममा पुर्वेली समाजको प्रथम अधिवेशन सम्पन्न


गोपाल दाहाल, बेल्जियम

नेपालको १ नम्बर प्रदेशअन्तर्गत रहेका जिल्लाहरुबाट बेल्जियममा आर्इ अस्थाइ वा स्थाइ रुपमा बसोवास गर्ने नेपालीहरुको प्रथम सम्मेलनमार्फत अनन्त वस्तीको अध्यक्षतामा ‘पूर्वेली समाज बेल्जियम’ नामक एक सामाजिक सँस्थाको निर्माण गरिएको छ। रेणु राईको अध्यक्षता र गोपाल दाहालको सञ्चालनमा भएको उक्त सम्मेलन बेल्जियमको आन्ट्वेर्पन शहरमा भएको थियो।

परोपकारी तथा सामाजिक सेवाको उद्देश्यसहित गठित उक्त संस्थाले नेपालको पूर्वी भेकमा विशेषतः दैवीप्रकोपपीडितलाई आकस्मिक सहयोग, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको कार्यलाई समेत प्राथमिकतामा राखेर आफ्नो अभियान संचालन गर्ने बताइएको छ। त्यस्तै, बेल्जियममा बसोवास गर्ने पूर्वेली नेपालीहरुको सुखदुःखमा साथ र सहयोग गर्दै नेपाली समुदायको बृहत् हितको लागि अन्य संघसस्थासँग समेत समन्मयात्मक भूमिका निर्वाह गर्ने लक्ष्य रहेको छ।

उक्त अधिवेशनमा किराँत समाज बेल्जियमका अध्यक्ष विमल सुब्बाले निर्वाचित समितिका पदाधिकारी, सदस्य एवम सल्लाहकारहरुलाई बधाई तथा सफलताको शुभकामना प्रदान गरेका थिए। सोही अवसरमा विजयादशमी, दीपावली, छठ, म्हःपूजा एवम उधौली पर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो।

उक्त समितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षत्रय तुङ्ग निरौला, कमल सिटौला र मुना राई, महासचिवमा गोपाल दाहाल, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा रेणु गुरुङ, सहकोषाध्यक्षमा कौशल खनालसहित सदस्यहरुमा रतन गुरुङ (दिनेश) संयोजक आन्त्वेर्पन, पुष्प नेपाल संयोजक लुभेन, सन्तोष खड्का संयोजक ब्रसेल्स, डम्बर इधिङ्वो लिम्बू संयोजक वोस्टन्डे, ब्रुगे झुना निरौला, केजिन राई, हरिभक्त श्रेष्ठ, डम्बर चेम्जोङ लिम्बु, राजेश सुब्बा, केदार थापा, मुना ताम्रकार, चन्द्र ब्लोन, सुनिल सुब्बा, काशीनाथ मैनाली रहेका छन्।

उक्त अधिवेशनको बन्द सत्रले समितिलाई आवस्यक सुझाव तथा सल्लाहको लागि सल्लाहकार समितिको समेत निर्माण गरेको छ। जसमा विमल सुब्बा, वदन योङ्हाङ, सूर्य निरौला, यामु निरौला, प्रवीण भन्डारी, चन्द्रप्रसाद ढकाल ,बिमल गिरी, अनिता लामा, नारायण अधिकारी, इन्द्र वली र पुपुसा लिम्बु रहेका छन् ।