चप्पलको सुरक्षार्थ कोब्राको तैनाथी

चप्पलको सुरक्षार्थ कोब्राको तैनाथी


महिलाले प्रयोग गर्ने चप्पलको सुरक्षा गर्न एक स्टोरमा खतर्नाक कोब्रा साप खटाइएको सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो यथार्थ हो । लण्डनस्थित ‘ह्यारोड्स’ नामक नामुद स्टोरमा बिक्रीका निम्ति राखिएको चप्पल पनि चानेचुने होइन । रुबीलगायतका बहुमूल्य रत्नहरू जडित उक्त स्याण्डलको मूल्य सन् २००७ मै पाँच लाख पाउण्ड निर्धारण गरिएको थियो । कोब्रा खटाएर सुरक्षा दिइएको पनि सोही बेला नै हो । उक्त स्टोरका पूर्व सुरक्षागार्ड पुराना दिनको सम्झना गर्दै उक्त स्याण्डल सो स्टोरको सर्वाधिक महँगो बस्तुको रूपमा रहेको दाबी गर्छन् । एक सय पचास वर्षको इतिहास बोकेको ‘ह्यारोड्स’मा सन् १८९८ मै बेलायतमै पहिलोपटक स्केलेटर लगाइएको थियो । त्यसको प्रयोग गरेर तल्ला उक्लन मानिसहरू डराउँथे । स्टोरले डर हटाउन पुरुषलाई एक ग्लास ब्राण्डी सर्भ गथ्र्यो भने महिलालाई बेहोसीबाट बचाउन नुन सुँघाउँथ्यो । ३३० वटा रिटेल स्टोरयुक्त उक्त सपिङ सेन्टरमा अहिले पनि १२ हजारभन्दा बढि मानिसले काम गर्छन् भने बेलायतका धनीहरूबीच उक्त सेन्टर अत्यन्त लोकप्रिय छ । कोब्रा तैनाथ गरेर सुरक्षा दिइएको चप्पल अझै त्यहाँ देख्न पाइन्छ ।