बिरालो बलात्कार गर्ने नाङ्गै पक्राउ

बिरालो बलात्कार गर्ने नाङ्गै पक्राउ


जताततै बलात्कारका घटनाले चर्चा पाइरहेको बेला दक्षिण अफ्रिकामा भएको बलात्कारको एक अनौठो मामला प्रकाशमा आएको छ । मानवता नै लाजले पानी–पानी हुनुपर्ने उक्त घटनाका अभियुक्त पक्राउ परेका छन् । आफूले पालेको बिरालोसँग जबर्जस्ती ‘सेक्स’ गर्दै गरेको छिमेकी महिलाले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि तत्काल अभियुक्तलाई नियन्त्रणमा लिइएको थियो । ‘स्वेटन लाइभ’ नामक अनलाइनले जनाएअनुसार दक्षिण अफ्रिकाको सेक्युरिटी फोर्स रिएक्शन युनिटले बिरालो बलात्कार गर्नेलाई हिरासतमा लिएर कारवाही शुरु गरेको छ । घरमा आफ्नो बिरालो नदेखेपछि खोज्ने क्रममा छिमेकीले बिरालोको खुट्टा पक्रिएर रेप गर्दै गरेको महिलाले देखेकी थिइन् । उनले अत्तालिँदै प्रहरीलाई खबर गरेको केही क्षणमै प्रहरी घटनास्थलमा पुग्दा अभियुक्त कपडा पहिरिँदै गरेको अवस्थामा भेटिएका थिए । बाख्रा, भैँसीजस्ता जनावरमाथि यौन दुव्र्यवहार गरिएका समाचार सुनिँदै आए पनि बिरालोमाथि बलात्कार भएकोचाहिँ अहिलेसम्म सुनिएको थिएन ।