तनुश्रीले आफूलाई ‘रेप’ गरेको राखीको खुलासा

तनुश्रीले आफूलाई ‘रेप’ गरेको राखीको खुलासा


नाना पाटेकर र तनुश्री दत्ताबीच चलेको आरोप–प्रत्यारोप झगडा कहिले शान्त हुने हो त्यसको अत्तोपत्तो छैन । तर, यही मौकामा चर्चित अभिनेत्री राखी सावन्तले तनुश्रीप्रति थुप्रै गम्भीर आरोप लगाएकी छिन् । तनुश्रीले आफूलाई रेप गरेको आरोप लगाउँदै राखीले आपत्तीजनक कुरासमेत गरेकी छिन् । राखीले यो कुराको खुलासा प्रेस सम्मेलनमार्फत गरेकी हुन् ।

हालै गरिएको उक्त प्रेस सम्मेलनमा राखीले तनुश्री लेस्बियन भएको बताउँदै तनुश्रीले आफूलाई थुप्रै वर्ष रेप गरेको बताएकी थिइन् । राखीले तनुश्री मिस इन्डिया हुनुअघि आफ्नो बेस्ट फ्रेन्ड भएको बताउँदै थुप्रै रेव पार्टी आफूसँग अश्लील हर्कत गरेको आरोपसमेत लगाएकी छिन् । साथै राखीले आफूसँग फिजिकल्ली हुन तनुश्रीले थुप्रैपल्ट कोसिस गरेको पनि पत्रकार सम्मेलनमा खुलासा गरिन् ।


त्यस्तै, आफूसँग यसको सम्पूर्ण सबुत भएको पनि राखीले पत्रकार सम्मेलनमा बताइन् । यतिबेला आफू यी सबुत देखाउन नसक्ने भन्दै यी सकै सबुत अदालतमा पेस गर्ने उल्लेख गरिन् । यतिबेला सबुत देखायो भने त्यसलाई नष्ट गर्ने, गायव गर्ने कोसिस हुने हुँदा आफूले अदालतमा मात्र पेस गर्ने पत्रकार सम्मेलनमा बताएकी थिइन् ।

साथै राखीले तनुश्रीलाई ‘मी टु’ प्रमोट गर्नको लागि आर्थिक सहयोग लिएको आरोपसमेत लगाएकी छिन् । राखीको यो आरोपप्रति तनुश्रीले १० करोडसहित मानहानिको मुद्दा दर्ता गरेकी छिन् । यसको बदलमा राखीले तनुश्रीविरुद्ध ५० करोडको मानहानिको मुद्दा दायर गर्ने तयारी गरेको पनि पत्रकार सम्मेलनमा उजागर गरिन् ।