तलब वृद्धिको मागसहित नार्कका मजदुर आन्दोलित

तलब वृद्धिको मागसहित नार्कका मजदुर आन्दोलित


ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।

सरकारले तोकेको न्यूनतम तलब (पारिश्रमिक) नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भएबमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु. ३७५ मात्र पाउँदै आएको बताए ।

राजपत्रमा दैनिक ज्याला न्यूनतम रु. ५१७ उल्लेख छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक डा. दिनेश यादवका अनुसार मजदुरको माग माथिल्लो तहमा पठाइएको छ । सो केन्द्र्रमा झन्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन् ।