विश्व ट्रायाथलन च्याम्पियनसिपमा नेपाली टोली

विश्व ट्रायाथलन च्याम्पियनसिपमा नेपाली टोली


विश्व ट्रायाथलन च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली इजिप्ट प्रस्थान गरेको छ ।

खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा रहेका छन् । टिम प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका मोडर्न पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।