तपाईंको यो साता (राशिफल ७-१३ कात्तिक २०७५)

तपाईंको यो साता (राशिफल ७-१३ कात्तिक २०७५)


ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सहयोगीहरूले काममा साथ दिनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्य बाट मान सम्मान पाइनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

बृष
छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साताको अन्त्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको सुरुवाती दिनमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको पहिलो दिनबाट नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

सिंह
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । कसैसँग कुराकानी गर्दा गोपनीयताको हेक्का राख्नुहोला । न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या
राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दैनिक कार्यमा सफलता पाईनेछ । साताको अन्त्यमा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साताको पूर्वार्धबाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ काम वा रोजगार पाईनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बोलीको प्रभाबपनि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वैदेशिक यात्राको योग छ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग पहेंलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । करियरको क्षेत्रमा आफन्त तथा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ र यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मंगलबार पछिका दिनमा कर्मचारीवर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।