पत्रकारमाथि महिलाले किन गरिन् तेजाब प्रहार ?

पत्रकारमाथि महिलाले किन गरिन् तेजाब प्रहार ?


वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक–सम्पादक धीरज दारुकामाथि मंगलबार अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उनिमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिइन् ।

घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । तर, ती पत्रकारमाथि तेजाब नै प्रहार गर्ने अवस्थामा महिला किन पुगिन् भन्नेचाहिँ प्रहरीले सार्वजनिक गरिसकेको छैन ।