नुवाकोटमा कागजपत्र नबोक्ने ७७९ यातायात कारबाहीमा

नुवाकोटमा कागजपत्र नबोक्ने ७७९ यातायात कारबाहीमा


बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रबिना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारबाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारबाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ ।

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशँै मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौं फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी ढंगले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारबाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा सवारी कारबाहीबाट ६ लाख ६६ हजार रुपैयाँ राजस्व उठाएको छ ।