सुरसुधाकी गायिकाको प्रशंसामा भारतका प्रधानमन्त्री मोदीको ट्वीट

सुरसुधाकी गायिकाको प्रशंसामा भारतका प्रधानमन्त्री मोदीको ट्वीट


नेपालको प्रख्यात शास्त्रीय साङ्गीतिक समुह ‘सुरसुधा’सम्बद्ध गायिका सरस्वती खत्रीको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रंशसा गर्नुभएको छ । उहाँले हिजो (२०१८ अक्टुबर २२ का दिन १७ः२० बजे) एक ट्वीट गरी गायिका खत्रीको प्रंशसा गरेका हुन् ।

गायिका खत्रीको स्वरमा रेर्कड गरिएको महात्मा गान्धीको प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ श्रवण गरेपश्चात प्रधानमन्त्री मोदीले सो ट्वीट गरी गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको उल्लेख गर्नुभएको छ ।

विश्वशान्तिका प्रणेता महात्मा गान्धीको १५०औं जन्मजयन्ती मनाउनका लागि २०१८ अक्टोबर २ तारिखका दिन नेपालका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पनि गायिका खत्रीले उक्त भजन गाउनुभएको थियो । उपप्रधामन्त्री पोखरेलले पनि खत्रीको प्रशंसा गर्नुभएको थियो भने उपस्थित दर्शकदिर्घा समेत उहाँको भजनबाट मन्त्रमुग्ध भएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमार्फत गान्धीको सो प्रिय भजनले नेपाल र भारत दुबै देशको मुल्य–मान्यतालाई प्रतिविम्बित गर्ने बताउनुभएको छ ।