उपप्रधानमन्त्री पोखरेल साताव्यापी चीन भ्रमणमा

उपप्रधानमन्त्री पोखरेल साताव्यापी चीन भ्रमणमा


चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यबारे सम्बोधन गर्ने पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।

विश्वका करिब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ । उपप्रधानमन्त्री पोखरेल आगामी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।