बेलायती सेनाका अधिकारी र प्रधानसेनापतिबीच भेटवार्ता

बेलायती सेनाका अधिकारी र प्रधानसेनापतिबीच भेटवार्ता


बेलायती सेनाका डेपुटी चिफ अफ द जनरल स्टाफ लेफ्टिनेन्ट जनरल निक पोपलेले आज प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र ले.ज. पोपबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।