लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु


खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको जिप्रका सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मालाई उद्धृत गर्दै राससले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं लगिएको डिएसपी शर्माले जानकारी दिए ।