ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु


जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज.२त ११३ नम्बरको ट्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज.९प ६१३३ नम्बरको स्कुटरचालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।