राष्ट्रपति भण्डारीले आमाबाट, प्रधानमन्त्री ओलीले पिताबाट लगाए टीका

राष्ट्रपति भण्डारीले आमाबाट, प्रधानमन्त्री ओलीले पिताबाट लगाए टीका


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका दिन खाफूहरूसँग टीका लगाइमाग्न आउनेहरूलाई मात्र टीका लगाइदिएनन्, उनीहरूले आफ्ना मान्यजनबाट टीका र जमरा ग्रहण गर्दैै आशीर्वाद पनि लिएका छन् ।


राष्ट्रपति भण्डारीले आफ्नी आमा मिथिला पाण्डेसँग टीका लगाइन् । प्रधानमन्त्री ओलीले पनि पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरे ।


त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि पिता भोजप्रसाद भट्टराईका हातबाट टीका लगाएका छन् ।