ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते


जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिन्डर विस्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।

विस्फोटमा परी अन्य दुईजना घाइते भएका छन् ।