भूकम्पपछि ताल फुट्ने खतरा, तालवरपरका ६ हजार नागरिकको उद्धार

भूकम्पपछि ताल फुट्ने खतरा, तालवरपरका ६ हजार नागरिकको उद्धार


भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ ।

गत बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो । सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो । सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि ६ हजार जनालाई अन्यत्रै सारिएको छ ।

उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ । हिजो विहीबार अपरान्हसम्म ६ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ ।

स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो ।

त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो । त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए ।

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन् । साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका सिन्ह्वाले जनाएको छ ।