धिरज र साम्राज्ञी भेटेपछि सिड्नीमा रूवावासी

धिरज र साम्राज्ञी भेटेपछि सिड्नीमा रूवावासी


राजन घिमिरे, अष्ट्रेलिया

आफ्ना प्रिय कलाकारलाई प्रशंसकहरूले मुटुमै सजाउने गर्छन् । उनीहरूको सुखमा मुस्काउँछन् र दुःखमा रून्छन् । उनीहरुका हरेक क्रियाकलापको अनुशरण गर्न खोज्छन् । कलाकार र फ्यानबीचको सम्बन्ध यस्तै हुन्छ ।

अब प्रश्न उठ्छ, आफूले मनमूटूमा सजाएको कलाकार आफ्नै आँखा अगाडि देखापर्यो भने के होला त फ्यानको मनोदशा ? कल्पना नगरेको बेला आफ्नो प्रिय कलाकार आँखैअगाडि पाउँदा खुशीको सीमा नहुने रहेछ त्यस्ता प्रशंसकलाई । अनि अनायासै आँखाबाट खुशीको आँशु बर्सन थाल्दोरहेछ । प्रस्तुत तस्बिर यसैको ज्वलन्त उदाहरण हो ।

प्रसङ्ग हो सिड्नीको एक कार्यक्रमको । जब नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कार्यक्रममा उपस्थित भए तब माहोलमा ताली र रूवावासी एकसाथ सुनियो । धिरज र साम्राज्ञीले आफ्ना प्रशंसकहरूलाई सम्हाल्न सकेनन् ।

‘किन रोएको हामी आइहाल्यौ नि । अब बसेर रमाइलो गर्नुपर्छु, धिरज र साम्राज्ञीले यति भनेका मात्र के थिए, करिब ५ मिनेट त अँगालो छोड्नै चाहेनन् प्रशंकहरूले । आज जीवनमा सबैभन्दा ठूलो कुरा पाइयो । प्रवासमा यसरी भेट होला भन्ने कुरा हामीले कल्पना पनि गरेका थिएनौँ । आज हामी अति नै खुशी छौँ,’ प्रशंसकहरूको भनाई थियो । धिरज र साम्राज्ञीलाई शुरूमा भेट्दा भन्दा कार्यक्रम सकिएपछि उनिहरूसँग छुट्टीनु पर्दा मन भारी भएको प्रष्टै बुझिन्थ्यो प्रशंकहरूको ।

कलाकार र प्रशंसकबीच कतिसम्मको आत्मीयता हुँदोरहेछ भन्ने कुरा सिड्नीमा रहनुभएका नेपाली चलचित्रप्रेमी प्रवासी नेपालीहरूले देखाउनु भयो । चलचित्र इन्टु मिन्टु लन्डनमाको प्रदर्शनमा सहभागी हुन यतिबेला अष्ट्रेलिया आएका धिरज साम्राज्ञी जहाँजहाँ पुगे त्यहाँत्यहाँ उनीहरूले अष्ट्रेलियावासी नेपालीहरूको माया, साथ र वाहवाही पाए ।

यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएका एजुकेशन एण्ड माइग्रेशन कर्नरका सुनिल उप्रेतीले चलचित्र एडिलेट, मेलबर्न र सिड्नीमा गरेर चार शो प्रदर्शन भैसकेको जानकारी दिए । ‘अब फेरि शुक्रबार एडिलेट, शनिबार सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमा र तासमनिया आइतबार प्रदर्शन हुँदै छ । चलचित्रसँगै नायक धिरज मगर पनि हुनेछन्’, सुनिल भन्दै थिए ।