आतङ्ककारी अल–शबाब समूहका लागि ठूलो झट्का

आतङ्ककारी अल–शबाब समूहका लागि ठूलो झट्का


अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ ।

हरारडेरे नगरनजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ ।

अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् ।

बीबीसीका अफ्रिकी सम्बादाता विल रोजले अमेरिकी र सोमालियाली सेनाको संयुक्त प्रयासमा आतङ्ककारीविरुद्ध भएको यस पछिल्लो कारबाही अल–शबाब समूहका लागि ठूलो झट्का भएको बताएका छन् ।

यो कारबाही सन् २०१७ को नोभेम्बरयताकै भीषण भएको बताइएको छ । अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी समाचार संस्था एपीका अनुसार यस वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेको एएफपीले जनाएको छ ।