गोरेका सहयोगी बेनु श्रेष्ठ विराटनगरमा

इन्टरपोलको सहयोगमा सुन प्रकरणका आरोपी बेनु पक्राउ

3 Shares

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर पुर्याएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै सोमबार बेलुका विराटनगर लगिएको हो ।

बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए । गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे)सहितको समूहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।

त्यसपछि फरार बेनु श्रेष्ठको खोजी गरिँदै आएको थियो ।

3 Shares

प्रतिक्रिया