शोकका कारण सऱ्यो काङ्ग्रेसको चियापान

शोकका कारण सऱ्यो काङ्ग्रेसको चियापान


बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष केही पछाडि सारेको छ ।

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको शोकमा चियापान कार्यक्रम पछाडि सार्ने निर्णय गरिएको हो । नेता बाँस्तोलाको यही असोज २७ गते निधन भएको थियो ।

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलीबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताइएकोे छ ।