सीकेका कार्यकर्ता हौँ भन्नेहरु तत्काल पक्राउ

सीकेका कार्यकर्ता हौँ भन्नेहरु तत्काल पक्राउ


विखण्डनकारी अभियानमा सक्रिय पात्रको रुपमा आरोप लाग्दै आएका सिके राउतका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएको बेला उनीहरु पक्राउ परेका हुन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको थियो ।