मकाउमा तेक्वान्दोको सेमिनार तथा ग्रेडिङ सफलतापूर्वक सम्पन्न

मकाउमा तेक्वान्दोको सेमिनार तथा ग्रेडिङ सफलतापूर्वक सम्पन्न


राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा मकाउमा भएको सेमिनार तथा ग्रेडिङ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । उक्त सेमिनार तथा ग्रेडिङ ग्रान्ड मास्टर ध्रुवबहादुर गुरुङ, मास्टर शेरबहादुर थापामगर र मास्टर प्रेमबहादुर भुजेलको उपस्थितिमा भएको मकाउ च्याप्टरका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी गराएका छन् ।

उक्त सेमिनार तथा ग्रेडिङमा १८ जना योग्यता पुगेका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका थिए । सहभागिता जनाउने तेक्वान्दो प्रशिक्षकमा अर्जुन अधिकारी, रमेशजंग थापा, पूर्णबहादुर श्रेष्ठ, रामशरण दुलाल, विश्वराज सिग्देल, जितबहादुर खड्का, शिवशंकर चौधरी, प्रेमबहादुर राना, शेरबहादुर कोइराला, अनिल लामा, खड्काबहादुर थापा, सुनिल बस्नेत, मुना तामाङ, गोपालबहादुर जिसी, पस्नेरी शेर्पा, कृष्णशरण कार्की, सपना भुजेल र चाकराज रानामगर थिए ।

उक्त सेमिनार तथा ग्रेडिङ कार्यक्रम राष्ट्रिय तेक्वान्दो संघका केन्द्र्रीय सदस्य प्रेमबहादुर भुजेलको विशेष आमन्त्रणमा आयोजना गरिएको थियो । भुजेललाई अर्का केन्द्रीय सदस्य रमेशजंग थापा, मकाउ च्याप्टरका अध्यक्ष पूर्णबहादुर श्रेष्ठलगायतले विशेष सहयोग गरेको ग्राण्ड मास्टर ध्रुवबहादुर गुरुङले जानकारी गराएका छन् ।

सेमिनार तथा ग्रेडिङमा तेक्वान्दो प्रशिक्षकहरूले उत्साहजनक सहभागिता जनाएको गुरुङले बताए । त्यस्तै मास्टर प्रेमबहादुर भुजेल र शेरबहादुर थापामगरले कार्यक्रम सफल भएको बताउँदै यसले समग्र तेक्वान्दो खेलको विकासमा अहं भूमिका खेल्ने बताए । विदेशी भूमिमा समेत यति धेरै तेक्वान्दो प्रशिक्षकले ग्रेडिङमा सहभागिता जनाउनु आफैँमा उपलब्धिपूर्ण भएको पनि बताए । मकाउमा सफलतापूर्वक आफ्नो जिम्मेवारी वहन गरेकोमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला (ज्वाला) र महासचिव राजकुमार कार्कीले ग्रान्डमास्टर र मास्टरहरूलाई धन्यवाद दिएका छन् ।