खुला भेट्रान टेबलटेनिसमा जयराम विजयी

खुला भेट्रान टेबलटेनिसमा जयराम विजयी


जयराम महर्जन खुला भेट्रान टेबलटेनिस प्रतियोगिताको ४० वर्षमाथि पुरुष सिंगल्समा पहिलो भएका छन् । निकेशप्रसाद जोशी दोस्रो तथा उमेश मानन्धर र सुमन शाक्य तेस्रो भए ।

नेपाल भेट्रान टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगितको ५० वर्षमाथि पुरुष सिंगल्समा ध्रुव पालिखे पहिलो, सुनीन शाक्य दोस्रो तथा अग्र विष्ट र किरण व्यञ्जनकार तेस्रो भएका थिए । ६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठले स्वर्ण, पुण्य पौडेलले रजत तथा शैलेन्द्र जोशी र सुशीलशमशेर जंगबहादुर राणाले कांस्य जिते ।

डबल्समा राजन सुब्बा र उमेश मानन्धरको जोडी च्याम्पियन बन्यो । धर्ममान बज्राचार्य र नवीनबहादुर शाक्यको जोडी दोस्रो भए । निकेशप्रसाद जोशी र किरण व्यञ्जनकार तथा ध्रुव पालिखे र सुनील शाक्यको जोडी तेस्रो स्थानमा रहे ।