नरहरिपुर डोजो टिम च्याम्पियन

नरहरिपुर डोजो टिम च्याम्पियन


प्रथम उपत्यकाव्यापी कराते प्रतियोगितामा नरहरिपुर डोजोले टिम च्याम्पियनको उपाधि जितेको छ । मच्छेगाउँको नरहरिपुर डोजोे ६ स्वर्ण ३, रजत र ८ कांस्य जित्दै च्याम्पियन बनेको हो । दोस्रो स्थान हात पारेको इचंगुनारायण डोजो ५ स्वर्ण, २ रजत र ४ कांस्य जित्न सफल भयो । त्यस्तै, भक्तपुरको युनिटी डोजोले ३ स्वर्ण जित्दै तेस्रो स्थान हात पारेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगरपालिका– १ को आयोजनामा सञ्चालन भएको दुईदिने प्रतियोगितामा इचंगुनारायण डोजोकी सोनाम शेर्पा महिलातर्फको उत्कृष्ट खेलाडी चुनिइन् । उनले २५ केजी केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । त्यस्तै, पुरुषतर्फ ३० केजी तौलसमूहमा स्वर्ण जितेका बेसिक लनिङ स्कुलका राजेन्द्र्र राई उत्कृष्ट खेलाडी चुनिए । विजेता खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका एवं जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले पुरस्कृत गरेका छन् ।

प्रतियोगिता समापन समारोहको अवसरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाका पदकविजेता खेलाडीलाई एकेडेमीका अध्यक्ष श्रेष्ठले सम्मान गरेका थिए । सम्मानित हुने खेलाडीमा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय मेयर कप कराते प्रतियोगितामा स्वर्ण विजेता रवीन्द्र मानन्धर रहेका छन् । त्यस्तै जापानमा सम्पन्न भएको सौजाबुदो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दोहोरो स्वर्ण जितेका राधा मानन्धर र रोजिना विष्ट तथा भारतमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा कांस्य जितेका सोनिम मानन्धर सम्मानित भएको आयोजकले जानकारी गराएका छन् ।