गच्छदार पनि विखण्डनकारीको विरुद्धमा !

गच्छदार पनि विखण्डनकारीको विरुद्धमा !


राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा विजय गच्छदारले अघिसारेका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारले नेपालबाट तराई–मधेसको भूखण्ड अलग्याएर बेग्लै देश बनाउने अभियान सञ्चालन गर्दै आएका सीके राउतको नाम नलिइकन मुलुकलाई खण्डित बनाई राज्य विद्रोहको कुरा गरेर राष्ट्रिय एकतामा खलल पु¥याउनेलाई कारवाही गर्नु सरकारको दायित्व रहेको अभिव्यक्ति दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको भन्दै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपाली काङ्ग्रेसभित्र रहेको गुट–उपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरे ।

काङ्ग्रेको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूची नै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी उनले दिए ।

थारु समुदायका रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने गच्छदारको धारणा थियो । उनले विगतको निर्वाचनमा काङ्ग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको भन्दै देउवाको बचाओटको प्रयत्न गरे ।