अशोक मुकारुङकोे चैते दशैँलाई…

अशोक मुकारुङकोे चैते दशैँलाई…


‘झुल्केको घामझैँ’ बोलको आधुनिक गीतबाट लोकप्रियता हासिल गरेका गायक अशोक मुकारुङको ‘यो माया कसैलाई नाना हौ चैते दशैँलाई’ बोलको लोकगीतले अहिले साङ्गीतिक बजार तताइरहेको छ ।

केही दिनअघि मात्रै सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियो सक्राइब गर्नेको सङ्ख्या दिन दुगुना रात चौगुनाको दरले बढिरहेको छ ।

किरात लोकसंस्कृतिविज्ञ तथा गीतकार दिलेन्द्र मुकारुङ राईको शब्द र गायक÷गीतकार दुवैको सङ्गीत सङ्कलन रहेको गीतको भिडियोको निर्देशन जीवन मुकारुङ र राजेश पुमाले गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन, राजु कार्कीको सङ्गीत एरेन्जर र गोविन्द राईको कोरियोग्राफी रहेको छ । सुरवीर पण्डित, निराजन प्रधान, रोजिना राई र लीला चाम्लिङको मुख्य अभिनय रहेको भिडियोमा पूर्वेली लोकसंस्कृतिको स्वाद पाइन्छ ।