माछापुच्छ्रे पौडीमा सागर र अनुष्कालाई दोहोरो स्वर्ण

माछापुच्छ्रे पौडीमा सागर र अनुष्कालाई दोहोरो स्वर्ण


पाठशाला स्कुलका सागर नायक र अनुष्का पोखरेल ९औँ माछापुच्छ्रे कप उमेर समूह पौडी च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । ५० मिटर फ्रिस्टायलतर्फ १७ वर्ष उमेर समूहमा नायकले ३२ः३८ सेकेन्डमा र पोखरेलले ३४ः७५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फको दोस्रो स्थानमा एलएका रियाज महर्जन र तेस्रो स्थानमा नेपालगञ्जका रिजन विष्ट रहे । यस्तै, महिलातर्फ लेसिया डंगोलले रजत र नेपालगञ्जकी नम्रता कार्कीले कांस्य प्राप्त गरिन् ।

यस्तै, ५० मिटर ब्याकमा पनि सागरले स्वर्ण पाए । उनले ४४ः१९ सेकेन्डमा दूरी पूरा गरेका थिए । एलएका रिवाज महर्जनले रजत र रमन तामाङले कास्य पाए । महिलातर्फ अनुष्काले ४१ः३५ सेकेन्डमा स्वर्णमा पाइन् । दोस्रो स्थानमा अदिप्शा वैद्य र तेस्रो स्थानमा नेपालगञ्जकी नम्रता कार्की रहिन् ।

कास्की जिल्ला पौडी संघका आयोजना तथा नेपाल पौडी संघको सहयोगमा भएको च्याम्पियनसिपको फ्रिस्टायलतर्फ नै यू १४ को ५० मिटरमा एपेक्स स्कुलका गौरव लामाले स्वर्ण, उर्गेन महर्जनले रजत र ज्ञानोदयका सुशान्त श्रेष्ठले कांस्य पाए । महिलातर्फ अनुसिया तन्डुकारले स्वर्ण, जेभियरकी प्रनु भण्डारीले रजत र नेपालगञ्जकी सुमी शाहीले कांस्य पाए ।

यू १२ मा पुरुषतर्फ श्रेयन सिंहले स्वर्ण, नेपालगञ्जका अविरल भण्डारी र खेम राज थापाले कांस्य पाए । महिलातर्फ शुभताराकी शिक्षा श्रेष्ठले स्वर्ण मञ्जुघोक्साकी भिदुषी गुरुङले रजत र आरज्ञी विष्टले कांस्य पाए । यू १० मा लिसन डंगोलले स्वर्ण, साल्विन महर्जनले रजत र नेपालगञ्जका करुण शर्माले कांस्य पाए ।

यस्तै महिलातर्फ नेपालगञ्जकी सुप्रिया रावलले स्वर्ण, आर्जु थापामगरले रजत र दीपा कर्णले कांस्य पाए । यू ८ को २५ मिटरमा पुरुषतर्फ मञ्जुघोक्साका चोगेल शेर्पाले स्वर्ण, मियोन महर्जनले रजत र प्रतीक महर्जनले कांस्य पाए । महिलातर्फ टिशा महर्जनले स्वर्ण, आर्या महर्जनले रजत र जेनिसिर केसीले कांस्य पाए ।

कास्कीका शुभाग्य श्रेष्ठलाई स्वर्ण

कास्की जिल्लामा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले कास्की जिल्लाका खेलाडीबीच गरिएको प्रतिस्पर्धाको यू १७, २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण जिते । उनले १८ः३१ सेकेन्डमा सो दूरी पूरा गरे । दोस्रो स्थानमा सुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कांस्य पाए ।

महिलातर्फ अरबी तामाङले १९ः७५ सेकेन्डमा साथ स्वर्ण जितिन् । जमुना थापाले रजत र जेलिशा गुरुङले कांस्य प्राप्त गरे । यू १४ को ब्वाइजतर्फ विदित पौडेलले १७ः२८ सेकेन्डका साथ स्वर्ण पाए । प्रियश गुरुङले रजत र नियोग छन्त्यालले कांस्य पाए । महिलातर्फ वीरंगना खत्रीले २३ः३४ सेकेन्डका साथ स्वर्ण पाइन् । दोस्रो स्थानमा सविना कार्की र अंकिता क्षेत्रीले कांस्य हात पारे । यू १२ ब्वाइजतर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्ज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कांस्य पाए । यू– १० छात्रातर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कांस्य पाए ।

ओपन वाटर पौडी प्रतियोगिता


कास्की जिल्लामा पौडी खेलको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्देश्यले विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको २.५ किलोमिटरको ओपन वाटर पौडी प्रतियोगिता असोज २६ गते शुक्रबार (आज) भएको छ ।

फेवातालस्थित तालबाराहीमा भएको सो प्रतियोगितामा ओलम्पियन खेलाडी शिरीष गुरुङलगायतको उपस्थिति रहको छ । प्रतियोगितामा नेपालीसहित विदेशी खेलाडीको पनि सहभागिता रहेको कास्की जिल्ला पौडी संघले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले पुरुषतर्फ नगद २५ हजार, दोस्रोले नगद १५ हजार र तेस्रो हुनेले १० हजार तथा महिलातर्फ १५, १० र ५ हजार प्राप्त गर्नेछन् ।

कास्की जिल्लाका खेलाडीका लागि छुट्टै पुरस्कार राशिको व्यवस्था गरिएको छ । जसमा पहिलोले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोलाई ३ हजार रहेको छ ।