किकबक्सिङ खेलाडी ड्रागन सम्मानित

किकबक्सिङ खेलाडी ड्रागन सम्मानित


ललितपुर महानगरपालिकाले किकबक्सिङ खेलाडी मोहन महर्जन ड्रागनलाई सम्मान गरेको छ । १८ वर्षदेखि जापान बस्दै आएका ड्रागनलाई महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्मान गरेका हुन् ।

मार्सल आर्टस्को किकबक्सिङमा जापानमा नेपालको नाम राख्न सफल भएको भन्दै उनलाई सम्मान गरिएको महानगरपालिकाका मेयर महर्जनले बताए ।