रंगशाला साप्ताहिक पत्रिका विमोचन

2 Shares

नेपाली खेलकुदको विकास र प्रवद्र्धनलाई मध्यनजर गर्दै प्रकाशित रंगशाला साप्ताहिक विमोचन गरिएको छ । असोज २४ गते बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा एक कार्यक्रमबीच प्रमुख अतिथि राखेपका सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सदस्य गंगाबहादुर थापामगर, ओलम्पियन जितबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जुडोका संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, रंगशाला खेल साप्ताहिकका अध्यक्ष यमकुमारी गुरुङ, प्रकाशक नीरा अधिकारी र सम्पादक सानु गुरुङलगायतले विमोचन गरेका थिए ।

विमोचनका अवसरमा सदस्यसचिव विष्टले भने– नेपाली खेलकुदमा विशुद्ध खेल पत्रिकाको आवश्यकता महसुस भएको समय रंगशाला साप्ताहिक प्रकाशनमा आएको छ । यसले समग्र खेलकुदको विकास र विस्तारका लागि योगदान पु¥याउन सकोस् । रंगशालाको निरन्तरताका लागि राखेपको सदैव साथ रहेनछ । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रंगशाला साप्ताहिकले खेलकुदका सत्यतथ्य विश्लेषणात्मक समाचारलाई पाठक वर्गमाझ पु¥याउने विश्वास व्यक्त गरे ।

बडादशैँको शुभकामना आदानप्रदानसमेत रहेको कार्यक्रममा पत्रिकाका अध्यक्ष यमकुमारी गुरुङले नेपाली खेलकुदको ऐना र खेलाडीको ढुकढुकी बनाउन आफूहरू सदैव लागिपर्ने बताइन् ।

८ पृष्ठको साप्ताहिक पत्रिका गत असोज ३ गतेदेखि प्रकाशनमा आएको थियो । पत्रिकाको मध्यपृष्ठमा चर्चित खेलाडीको ब्लोअपसहित ४ पेज रंगीनमा प्रकाशित हुँदै आएको छ । उक्त पत्रिका प्रत्येक बुधबार प्रकाशित हुँदै आइरहेको छ । विमोचन कार्यक्रममा विभिन्न संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

2 Shares

प्रतिक्रिया