घाँस काट्न गएका दुईको लडेर मृत्यु

घाँस काट्न गएका दुईको लडेर मृत्यु


जाजरकोटको बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज (बिहीबार) घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए । स्थानीयवासी जंगलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको पनि आज बिहान मृत्यु भएको हो ।