दुर्घटना कम गर्न सवारी चालकलाई चियापान

दुर्घटना कम गर्न सवारी चालकलाई चियापान


(विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले राजर्मागमा सवारी चालकहरुलाई चिया कफी खुवाउने कार्यकम शुरु गरेको छ । सुरक्षा योजनाअनुसार चाडपर्वको समयमा सवारी साधनहरुको बढ्दो मागका कारण सवारी चालकहरु धेरै समयसम्म खटिनु पर्ने भएकोले सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सवारी चालकहरुलाई चिया कफीसहित रिफ्रेस गर्ने कार्यक्रम शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।)