बलात्कारपछि हत्या गर्ने पौडेल जेल चलान

बलात्कारपछि हत्या गर्ने पौडेल जेल चलान


पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने स्थानीय कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले थुनामा राख्न आदेश दिएको छ । उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । प्रहरी हिरासतमा रहेका उनलाई हिजो बुधबार कारागार चलान गरिएको हो ।

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको एकल इजलासले थप अनुसन्धानका लागि सो आदेश गरेको हो । अदालतमा गत मङ्गलबार भएको थुनछेक बहसमा पौडेलले विकको बलात्कारपछि हत्या गरेको बयान दिएपछि सो आदेश आएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध सोमबार जबरर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराएको थियो ।

यही असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए । विकले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको पौडेलले प्रहरीसामु बयान दिएका थिए । उनलाई घटनाको दुई दिनपछि असोज १० गते नै पक्राउ गरिएको थियो ।