जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण

जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण


बुधबार जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण गरिएको छ । यो सँगै रेल सेवाको सफल भएको हो ।

बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आएको रेल विभागका इन्जिनियर अमन चित्रकारले जानकारी दिए । उनका अनुसार ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार बहन क्षमताको परीक्षण सफल भएको छ । उनले परीक्षणको कार्य सकिएको र अबको २–३ महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज संचालनमा आउने बताए ।

जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारीअनुसार काम तिब्र गतिमा भइरहेको छ । तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड निर्माण गरेर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो । सोही अनुरुप भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल मार्ग निर्माणको काम भएको रेल विभागका इन्जिनियर चित्रकारको भनाई छ ।