ए डिभिजन लिग अन्तर्गत आज दुई खेल

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल


आज ए डिभिजन लिग अन्तर्गत दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेल र नेपाल पुलिस क्लब तथा थ्रीस्टार र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिले खेल थ्रीस्टार र फ्रेण्ड्सबीच बिहान ११ बजे हुनेछ भने जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुने भएको हो ।