नेपाली राजनीतिमा अनिष्टको संकेत शुरु : बाबुराम

नेपाली राजनीतिमा अनिष्टको संकेत शुरु : बाबुराम


नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आज एक ट्वीट गर्दै नेपाली राजनीतिमा अनिष्टको संकेत शुरु भएको बताएका छन् । उनले साँसद रामवीर मानन्धरको राजीनामा र वामदेव गौतमको उम्मेदवारीलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

बर्दियाबाट पराजित भइसकेका गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु सरकारको लापरबाही र चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । हारेको ब्यक्तिलाई पुनः अर्को खर्चिलो चुनाव गरी लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत दिएका छन् । पूर्वप्रधामन्त्रीसमेत रहेका डा. भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न अपिल पनि गरेका छन् । उनले निर्वाचित सांसद्लाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत गौतमलाई उम्मेदवार बनाएर भ्रष्टीकरण गर्न लागेको आरोप लगाएका छन् ।

भट्टराईको ट्वीटमा खगेन्द्र संग्रौलाले पनि रिट्वीट गर्दैै बाहुबली वामदेव निर्लज्ज उदाहण भन्दै ‘न बुद्धिको सीप छ न हातको सीप । न इलम छ न सिर्जनशीलता । न इमान छ न शरम । देखिन, चिनिन, दम्भ प्रदर्शन गर्न र दौलत थुपार्न सत्ताको पदै चाहिने । कनिष्ट जितुवाको पद हरण गरी बलिष्ट ठालु सत्तारोहण गर्ने । राजनीति र राजनीतिको नाइके भ्रष्ट हुनाको एक गाँठ्ठी कारण । बाहुबली वामदेव निर्लज्ज उदाहण । यस्तै, बसन्त बस्नेतले पनि ट्वीटरमा लोकतान्त्रिक प्रक्रियालाई मूल्यमान्यता नठानी विशुद्ध प्राविधिक प्रक्रियामात्रै ठान्ने सोचबाटै हुने हो, सर्वसत्तावादको बीजारोपण भन्दै लेखेका छन् ।